कैलालीको भासु भिरमा जीप खसेको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार सडकबाट जीप झण्डै तीन सय मिटर तल खस्दा जीपमा सवार ५ जना भएका छन्। घाइते सबैलाई अस्पताल ल्याउन लागिएको छ।’