पुर्ब मन्त्री नारदमुनी राना द्वारा पचढकी सोप इन्डस्ट्रीजको उद्दघाटन, जहाँ बन्छ झोल डिटर्जेन्ट । धनगढी १३ राजपुरमा पचढकी सोप इन्डस्ट्रीज प्रा.लि. नामक कम्पनी उद्दघाटन गरिएको छ ।


बिमा क्षेत्रमा निकै लामो समय सम्म प्रदेश प्रमुखको सम्मको जागीर अनुभव त्यागेर पदम रानाले सो कम्पनी खोल्नु भएको हो । आफ्नो जन्म स्थान गाउँ पचढकी को नामबाट राखिएको उद्योगबाट कस्मेटिक साबुन, सर्फ, भाँडा माज्ने साबुन लगायत समान उत्पादन हुने उहाँले बताउनु भयो ।


स्वामी १००८ द्वारा हिन्दु परम्परा अनुसार पुजापाठ गरि माननीय पुर्बमन्त्री नारदमुनी राना द्वारा उद्दघाटन गरिएको सो कम्पनीबाट तत्कालका लागि पचढकी(वासिङ्ग लिक्विड/पाउडर), पर्ल्स (कस्मेटिक साबुन १००% veg.), सिक्टा (कपडा धुने साबुन), नामक ब्रान्ड उत्पादन भै बजारमा आउने तर केही दिनपछि वासिङ्ग पाउडर लगायत लन्ड्री सप, नेचुरल बाथ सोप, डिटर्जेन्ट केक, बर्तन बार, हण्ड वाश र सेम्पु समेत उत्पादन हुने जानकारी आजै डिभोटी होटलमा गरिएको ब्राण्ड लन्चिङ प्रोग्राममा प्रोपराइटर पदम रानाले जानकारी गराउनु भएको छ ।

समाजिक अभियन्ता समेत रहनु भएका राना सो समुदायका अग्रज साहित्यकार, लेखक, उद्धमी समेत हुन । जागिरे जिन्दगीले आफ्नो मात्रै भलो हुँदा अरुलाइ कसरी रोजगार बनाउन सकिन्छ भन्ने कुरामा आफू सधैं चिन्तित भएकाले बिमा क्षेत्रमा प्रदेश प्रमुखको जागिर छोडी उद्धमसिल कर्म गर्ने प्रेरणा मिलेको बताउनु भयो ।
