४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

भाइरसका डरले कञ्चनपुरको भाइरल रोड’मा घुम्न रोक

खबर सम्बाददाता ९ भाद्र २०७८, बुधबार
भाइरसका डरले  कञ्चनपुरको भाइरल रोड’मा घुम्न रोक

कञ्चनपुर । ‘भाइरल रोड’ का नामले चर्चामा आएको कञ्चनपुरको महाकाली नदी छेउको सडकमा घुम्न तथा भीडभाड गर्न रोक लगाइएको छ ।
महाकाली नदीमा निर्माणाधिन मोटेरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकमा भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालयले घुम्नमा रोक लगाउने निर्णय गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले रोडमा बढ्दो भीडभाडका कारण कोरोना भाइरसको सक्रमणको जोखिम बढेको, सडक निर्माणाधिन अवस्थामै भएकाले भीड व्यवस्थापन गर्न समस्या भएको, झै–झगडा हुने जस्ता कारणले आइतबारदेखि सो सडकमा घुम्न रोक लगाउने निर्णय भएको बताए ।
भीमदत्त नगरपालिका–६ ओदालीमा रहेको यो रोडमा टीकटक बनाउने र फोटो खिच्ने मानिसहरुको दैनिक भीड लाग्ने गरेको छ । कैलाली र कञ्चनपुरसहितका अन्य विभिन्न जिल्लाबाट यहाँ मानिसहरु आइपुग्छन् । शुक्रबार र शनिबार अन्य दिनको तुलनामा भीड बढी लाग्ने गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin