इंग्ल्यान्ड र भारत बीच हेडिंगलेमा सुरु भएको तेश्रो टेस्टको पहिलो इनिंग्समा टस जितेर ब्याटिंग गरेको भारत ४०.४ ओभरमा ७८ रनमै समेटिन पुगेको छ।
भारतीय माथिल्लो क्रमको पहिलो तिन विकेट जेम्स एण्डरसनले लिंदै घरेलु टोलिलाई उत्कृस्ट सुरुवात दिलाएका थिए। एण्डरसनले इनिंग्सको पहिलो ओभरमा खाता नखोल्दै केएल राहुललाई, पाँचौ ओभरमा १ रन बनाएका चेतेश्वर पुजारालाई तथा ११ औं ओभरमा ७ रन बनाएका कप्तान बिराट कोहलीलाई पेभेलियन फर्काए। तिनजना ब्याट्सम्यान विकेट पछाडी जोस बटलरबाट समातिन पुगे।