४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

देशभरबाट २ हजार ४ सय ८२ जना कोरोना संक्रमित थपिए

खबर सम्बाददाता ९ भाद्र २०७८, बुधबार
देशभरबाट २ हजार ४ सय ८२ जना कोरोना संक्रमित थपिए

आज देशभर १५ हजार २ सय ९० जनाको कोरोना भाइरस नमुना परिक्षण गर्दा २ हजार ४ सय ८२ जना संक्रमित थपिएका छन् ।


९ हजार ७ सय ११ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ८ सय ६२ जना तथा ५ हजार ५ सय ७९ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ६ सय २० जना गरी जम्मा २ हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । 


अघिल्लो हप्ता २२ वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेकामा आज २० वटा जिल्लामा झरेको प्रवक्ता डा.पौडेलले जानकारी दिनुभयो । 


देशभरबाट गएको २४ घण्टामा १ हजार ७ सय ८१ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 


आज कोरोना सङ्क्रमणबाट ४४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय १२ जना पुगेको छ । 


देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३८ हजार २ सय ८७ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 


जसमा ६ सय १० जनाले आइसियु र १ सय ६१ जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । from ORN

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin