थारु इतिहास बोकेको थारु लोक पर्व अस्टिम्की लाई काठमाडौ मा बसोबास गर्ने थारु हरु ले बिजुलीबजार मा अवस्थित कृस्टल पार्टी प्यालेस मा भब्यता का साथ हुने मनाउने भएका छन। घर देखि टाढा पर्देश मा रहदा आफ्नो सामुदायिक परम्परा र सस्कृती लाई कायमै राख्ने उदेश्य ले थारु समुदाय ले यहाँ पनि सम्पुर्ण बिधि अनुसार अस्टिम्की मनाउन लागेका हौँ । भनेर यस अस्टिम्की ब्यावस्थापन समितिका संयोजक शिव चौधरी ले बताउनु भयो।

परम्परा र विधि लाई जिवान्त राख्न को लागि १३ गते भिन्सर्या खाने १४ गते दिन भरी भोकै बसि साझपख अस्टिम्की लाई समस्त समुदाय का बिच अस्टिम्की उल्लासमय माहोल मा टिकिने छ। र १५ गते बिहान विधि अनुसार अस्टिम्की अस्राउने र आफ्नो घर मा फरहार गरिने छ भनी कार्यक्रम का प्रचार प्रसार समिति का संयोजक यम चौधरी ले बताउनु भयो। कार्यक्रम लाई थप उत्साह र उल्लास को साथ मनाउन को लागि थारु समुदाय मिलेर अस्टिम्की बनाउने, गीत गाउने , मादल बजाएर परम्परागत झुम्रा नाच गर्ने, विभिन्न किसिम को परम्परागत गीत तथा आधुनिक गीत गाउदै हर्ष उल्लासमय बाताबरण हुनेछ भनी कार्यक्रम का आर्थिक संयोजक दिनेश चौधरी ले जानकारी दिनु भयो। यो कार्यक्रम लाई सभ्य र भब्री बनाउन को लागि अनि थारु परम्परागत पहिचान दिन को लागि शिव चौधरी को संयोजकत्वा मा एक मुल समिती र विभिन्न उपसमिति बनाइएको छ।

दिनेश चौधरी को संयोजकत्व मा मा ४ सदस्य रह्ने गरि आर्थिक ब्यावस्थपन तथा परिचालन उपसमिति यम चौधरी को संयोजकत्व मा ४ सदस्य प्रचार प्रसार समिति अन्जु चौधरी को संयोजकत्व मा ४ सदस्य सास्कृतिक तथा मनोरञ्जन उपसमिति त्यसै गरि गिता चौधरी को संयोजकत्व मा ४ सदस्य हल तथा अस्टिम्की चित्र ब्यास्थपन उपसमिति र कार्यक्रम लाई सभ्य र भब्य बनाउन को लागि प्रताप पलपरिया चौधरी को संयोजकत्व मा ४ सदस्य स्वयंसेवक उपसमिति बनाइएको छ।
