४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कैलालीमा नदि तर्ने क्रममा बगेर एकजना वेपत्ता

खबर सम्बाददाता ११ भाद्र २०७८, शुक्रबार
कैलालीमा नदि तर्ने क्रममा बगेर एकजना वेपत्ता


धनगढी, भदौ ११

कैलालीमा नदि तर्ने क्रममा बगेर एकजना वेपत्ता भएका छन् ।
शुक्रबार बेलुका सात बजेतिर धनगढी उपमहानगरपालिका–३ भागेश्वर टोल पछाडी मोहना नदि तर्ने क्रममा बगेर २८ बर्षीय पुरन राना वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रगुरुका अनुसार कञ्चनपुरमा काम गर्न गएका उनी धनगढीस्थित आफ्नो घर फर्कने क्रममा बगेका हुन् ।
वेपत्ता भएका रानाको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि अस्थायी प्रहरी पोष्ट चटकपुर र प्रहरी चौकी त्रिनगरबाट टोली परिचालित रहेको इन्स्पेक्टर गुरुले बताए ।
उनीसंगै नदी तर्ने धनगढी–३ बोराडाडीकै लक्ष्मण राना र शुशील राना भने सकुशल रहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin