५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

महेन्द्रनगरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा

समाचार संबाददाता १२ भाद्र २०७८, शनिबार
महेन्द्रनगरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा

कञ्चनपुरको महेन्द्रनगरमा करिब १० करोडको लगानीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर स्थापना गरिएको छ । शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले महेन्द्रनगरको चम्मन चौराहमा डिपार्टमेन्टल स्टोर स्थापना सँगै सञ्चालनमा ल्याइएको हो।

कञ्चनपुरमा पहिलो पटक सहकारीले स्थापना गरेको डिपार्टमेन्टल स्टोरको शनिवार बिहान एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। सहकारीका माध्यमबाट स्थानीयस्तरमा रोजगारी सृजना गर्ने उद्धेश्यले स्टोर स्थापना गरिएको शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड सुदूरपश्चिमका प्रबन्धक हेमराज जोशीले बताए।


‘स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथ साथै सहकारीलाई दरिलो बनाउनका लागि आफ्नै व्यापार सुरु गरेको छौँ,’ उनले भने, ‘यहाँका मानिसले रोजगारी पाएका छन् । यसबाट यो ठाउँको समग्र विकासमा पनि टेवा पुग्ने विश्वास लिएका छौँ।’स्टोरमा दैनिक उपभोग्यका सामान, कस्मेटिक, भाडाकुडा, लत्ताकपडा, इलेक्ट्रोनिक सामान लगायत सम्पूर्ण घरायसी प्रयोजनका सामान उपलव्ध हुने जोशीको भनाई छ। सुदूरपश्चिममा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरको यो दोस्रो शाखा हो । यस अघि डडेल्धुरामा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर स्थापना गरिएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin