नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को आयोजनामा बाढी ग्रस्तक्षेत्र अनुगमन गरिएको छ । भदौ १० गते राती आएको बाढीले गरको मानविय तथा भौतिक क्षतिको विवरण, NNSWA को आर्थिक लगानीमा सञ्चालित माछा पालन कृषक समूहको वास्तविक क्षति बारे बुझ्नका लागि नेपाल राष्ट्रिय समाज कल्याण संघका कायर्कारी निर्देशक अशाेक बिक्रम जैरु सहितकाे टाेलीले स्थलगत अनुगमन तथा निरक्षण गरेको हो ।

यसका साथै टाेलीले दोदा नदीमा एक्कासी आएको वाढीले डुवानमा परेका लालझाडी गाँउपालिकाका विभिन्न गाउँहरु जाई, पर्सिया, ढुङ्गा, नन्दगाँउ, बल्मी, कसुवा, कञ्जका गाउँ लगायत पनर्वास नगरपालिकाको वडा नं. ५ सिमरी गाउँका सयौँ घर अबलोकन तथा डाटा संकलन गरि बाढी पिडितहरू सँग छलफल गरेकाे छ।

हरेक वर्ष बाढीले दुर्घटना निम्ताएको, कतिपय परबिारलाई बिचल्ली बनकएको घटना यस वर्ष पनि दोरीएको छ । यसलाई कसरी कम गर्ने र कसरी यस बाट बच्ने जन चेतना फैलाउन स्थलगत अनुगमन गरेको उहाँले बताए ।

NNSWA ले कृषि उद्यमक्षेत्र आय आर्जन आर्थिक समृद्धि लगायतका कार्य गर्दै आएको उत्थान परियोजनाका लालझाडी गाउँपालिकाका फोकल प्रशन रोशन चौधरीले बताए ।
