जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय अध्यक्ष बाबुराम भट्टराईले जसपा संघदेखि प्रदेशसम्म सरकारमा सहभागी हुने बताएका छन। संघीय सरकारमा छिट्टै सहभागी हुने बताएका उनले सुदूरपश्चिम प्रदेशमा पनि जसपा सरकारमा जाने जानकारी गरे । केही प्रदेशमा जसपा सरकारमा सहभागी भइसकेको छ र अन्य प्रदेशमा पनि हामी सहभागी हुनेछौं । त्यसको सदुपयोग गरी हामीले पार्टीलाई बलियो बनाउनु पर्दछ ।’

सरकारको नेतृत्व गरेका देउवाबाट धेरै आशा गर्न नसकिने उनको भनाइ छ । देउवाको मुख्य दायित्व चुनाव गराउने हो,’ उनले भने, ‘त्यसबाहेक सरकारले केही गर्न सक्दैन, गलत गर्न हामीले दिने छैनौं ।’
भट्टराईले रेशम चौधरी आफ्ने पार्टीमा रहेको दाबी गरे । कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित संघीय सांसद चौधरी महन्थ ठाकुरले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टीमा गएको भनेर अफवाह फैलाइएको उनकाे भनाइ थियो ।
लोसपामा गएका सांसदको सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको सूचीमा रेशमको नाम छैन, उनी जसपामै छन् ।’ रेशम र आफ्नो लगातार संवाद भइरहेको बताउँदै रेशमले जसपामै रहेको दाबी गरे ।