५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

विभिन्न माग सहित हसुलियामा बरघर सम्मेलन हुने

खबर सम्बाददाता १२ भाद्र २०७८, शनिबार
विभिन्न माग सहित हसुलियामा बरघर सम्मेलन हुने

कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा बरघर भल्मन्सा सम्मेलन हुने भएको छ । थारू समुदायको बरघर भल्मन्सा प्रथालाई कानुनी मान्यता दिनु पर्ने, बरघर भलमन्सालाई पारिश्रमिकको व्यवस्था सहित कानुनी रुपमा प्रशिक्षण गरिनुपर्ने, थारू भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन गर्नु पर्ने लगायतका उद्देश्य सहित सम्मेलन हुने जनाइएको छ ।


सम्मेलनका लागि शनिबार हसुलियामा बरघरहरुको भेला सम्पन्न भएको छ । भेलाले भल्मन्सा सन्तराम चौधरीको संयोजकत्वमा २१ सदस्यीय बरघर सम्मेलन तयारी समिति पनि गठन गरेको छ । जसको सहसंयोजक धनिराम चौधरी र सचिव रमेश चौधरी रहेको छन् ।


कैलारी गाउँपालिकाले भलमन्सा प्रथालाई कानुनी मान्यता दिएको छ । गत असारमा भएको गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले भलमन्सा प्रथाको कानुनी व्यवस्थापनका साथै उनीहरुको क्षमता अभिवृद्धि, तालिम र सेवा सुविधा उपलब्ध गराइने बताएका थिए ।


यसका साथै गाउँपालिकाले थारू कला, साहित्य र संस्कृतिको पहिचान, सम्बद्र्धन र संरक्षण गर्ने थारू समुदायको प्राचित भलमन्सा प्रथाको जगेर्ना गर्ने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin