दाेलखाकाे मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठलाई स्थानीयले कठालोमा समातेका छन ।आक्रोशित स्थानीयले मेलुङ सडक गुणस्तरीय बनाउन नसकेको र फोनमा झुटो बोलेको विषयलाई लिएर अध्यक्षको कठालो समातेका हुन्।

मेलुङ गाउँपालिका वडा नम्बर ३ मुकुनेमा जनक बहादुर तामाङलाई उपचारको लागि अस्पताल लैजानका लागि गाडी बोलाएको तर, पहिरोका कारण सडक अवरुद्ध भएपछि गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठलाई फोन गरेर डोजरले बाटो खोली दिन आग्रह गरेका थिए ।
अध्यक्ष श्रेष्ठले फोनमा ‘म चरिकोट छु । मैले बाटो सफा गर्न भनिदिन्छु भने पनि बाटो सफा गरिएन । एकै छिनमा बिरामी बोक्नेहरु जोरधारा पुग्दा श्रेष्ठ सोही ठाउँमा भेटिएपछि स्थानीयले कठालो समातेका थिए।

स्थानीय प्रेम लामाको भनाई अनुसार एम्बुलेन्सको व्यवस्था गर्न पनि नसक्ने । कार्यालय पुग्ने बाटो गुणस्तर बनाउन पनि नसक्ने’ भन्दै स्थानीयले अध्यक्ष माथी यस्तो व्यबहार गरिएकाे हो ।
FROM KIMRAJ BISTA FB