४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

अर्को आदेश नआएसम्म आज देखि भाइरल राेडमा राेक

खबर सम्बाददाता १३ भाद्र २०७८, आईतवार
अर्को आदेश नआएसम्म आज देखि  भाइरल राेडमा राेक

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा पर्ने भाइरल राेडमा अाज देखि राेक लगाइएकाे छ । निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको सडकमा पर्यटकलाई रोक लगाइएको हाे। टिकटक, भिडियो र फोटो खिच्न आउने भीडका कारण ‘भाइरल रोड’ भनेर चर्चित भएको उक्त सडकमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रोक लगाएको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायबीच सम्पन्न भएको बैठकले गरेको निर्णयअनुसार आजदेखि उक्त सडकमा पर्यटकलाई रोक लगाइने प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेले बताए।

उक्त सडकमा लाग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडका कारण कोरोनाको जोखिम बढीरहेका कारण यस्तो निर्णय गरिएको उनले बताए। ‘कैलाली र कञ्चनपुर तथा अन्य स्थानबाट थुप्रै सर्वसाधारणहरु आएर भिड लाग्न थाल्यो। निषेधाज्ञा लागू नै भएका अवस्थामा कोरोनाको जोखिमलाई मध्य नजर गर्दै आम सर्वसाधारणहरुलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेका छौ,’ उनले भने। 

यस्तै कोरोना संक्रमणको जोखिम बाहेक मदिरा तथा लागूऔषध सेवन गरि दिनहुँ झै–झगडा हुने अवस्था सिर्जना भएको, भिडका कारण निर्माणाधीन पुल तथा सडकको काम प्रभावित बनेको र छेउमै रहेको महाकालीमा पुरुष बेपत्ता भएको घटनाका कारण अर्को आदेश नआएसम्म सडकमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। 

पछिल्लो समय दैनिक ३ देखि ४ हजार पर्यटक उक्त स्थानमा पुग्ने गरेका थिए। त्यो संख्या सार्वजनिक बिदाका दिन दोब्बर हुने गरेको स्थानीयले बताएका छन्। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin