५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

एनएनआइपिए कैलाली खेलाडी संघकाे अध्यक्षमा भण्डारी

खबर सम्बाददाता १३ भाद्र २०७८, आईतवार
एनएनआइपिए  कैलाली खेलाडी संघकाे अध्यक्षमा  भण्डारी

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) कैलालीको अध्यक्षमा दूर्गा भण्डारी चयन भएकी छिन् । धनगढीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीको तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रममा भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । 

उपाध्यक्षमा रामचन्द्र जोशी, महासचिवमा बमबहादुर बोगटी, सचिवमा गोविन्द बानिया र प्रेमबहादुर बिक, कोषाध्यक्षमा ज्ञानेन्द्र क्षेत्री र सह कोषाध्यक्षमा वर्षा साउद चयन भएका छन् । यसैगरी सदस्यमा सुभाष भुल सेट्टी, धनबहादुर ठाकुर, पुजा बोगटी, सुवास बुढा, बालचन्द्र राना चयन भए ।

यसअघि दुई कार्यकाल अध्यक्षको रुपमा संघको नेतृत्व गरेका प्रकाश चन्दले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल रहेको भन्दै नयाँ नेतृत्वलाई शुभकामना प्रदान गरे । सिमित स्रोत र साधनका बीच हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको जिल्ला शाखा गठन गरेका थियौं,’ चन्दले भने, ‘आज हामीसँग खेलाडी थपिँदै जानुभएको छ । हामी पनि उत्साहित हुँदै गएका छौं ।

सुदूरपश्चिम खेलकुद परिषदका सदस्यसचिव दीपक सिंहको प्रमूख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका केन्द्रिय अध्यक्ष दीपक श्रेष्ठको पनि उपस्थिती थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin