नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बिच एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टी प्रवेश गराएका हुन् ।
उनको पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओली सहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारद मुनि राना, लीला भण्डारी, निरु पाल र अर्जुन ढकाल लगायतको उपस्थिति रहेको थियो । २०६४ साल देखि निरन्तर राजनीतिमा रहेका न्यौपाने जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका थिए ।
उनी कञ्चनपुर बेलौरी नगरपालिका ४ का हुन् । स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका व्यक्ति एमाले प्रवेश गरेपछि आगामी निर्वाचनमा काँग्रेसलाई धक्का पुग्ने आकलन गरिएको छ ।