४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा मनाउन नेतृ देउवा पुगिन धनगढी

खबर सम्बाददाता १३ भाद्र २०७८, आईतवार
सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा मनाउन नेतृ देउवा पुगिन धनगढी

नेपाली कांग्रेसकी नेतृ एवम् प्रथम महिला डा. आरजु राणा देउवा धनगढी पुगेकी छिन्। सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा मनाउन नेतृ देउवा आज दिउसो धनगढी पुगेकी हुन्। धनगढीमै घर किनेपछि उनले तीन वर्ष यता गौरापर्व यहिँ मनाउँदै आएकी छिन्।

आइतबार दिउँसो धनगढी पुगेकी आरजुले धनगढीस्थित निवासमा गौरा भित्र्याइकी हुन। ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरुले विशेष रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरुले बिहानै नुवाइधुवाइ गर्छन्। साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ।

अमुक्ताभरण सप्तमीका रुपमा रहेको आजको दिन व्रतालु महिलाहरु एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने प्रचलन रहेको पण्डित यज्ञराज पनेरुले बताए। उनका अनुसार गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर ब्रतालु महिलाहरुले फलफुल र विरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन्। ब्रतालु महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुवधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।

यसका साथै साँझको समयमा व्रतालु महिलाहरुले कुण्ड स्नान गर्दछन्। आज गौरादेवीमा चढाएको दुवधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरुले धारण गर्ने गर्दछन्।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin