५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

स्वर्गीय पत्रकार जेपी जोशीकी छोरी पूजालाई एक्सिसले निःशुल्क पढाउने

खबर सम्बाददाता १३ भाद्र २०७८, आईतवार
स्वर्गीय पत्रकार जेपी जोशीकी छोरी पूजालाई एक्सिसले निःशुल्क पढाउने

कैलालीका स्व.पत्रकार जेपी जोशीकी छोरी पूजा जोशीलाई धनगढीको एक्सिस विद्याश्रमले निशुल्क विषय पढाउने घोषणा गरेको छ । पूजा जोशीले आफू जस्तै अन्यायमा परेकाहरुका पक्षमा लड्न आफूले कानून विषय पढन थालेको बताएकी छिन ।
आइतबार पत्रकार महासंघको समन्वयमा एक्सिस विद्याश्रममा एक कार्यक्रमको आयोजना गरिएको थियो । उनले भनिन, म र मेरो परिवारले जस्तै अन्याय भोग्नु नपरोस त्यस्ता असाहय परिवारलाई साथ दिन सकु त्यसैले कानून विषय छाने ।

यसैवर्ष ३.५ जिपिए ल्याएर एसीइ पास गरेकी जोशी एक्सिसमा कानून संकायमा पढ्ने भएकी छन् । हामी अभिभावकविहिन, विपन्न र जेहेन्दारलाई पढाउदै आएका छौ त्यसैमा नेपाल पत्रकार महासंघको आग्रहमा पूजालाई पनि पढाउने भएका हौ एक्सिसका सञ्चालक अनिता पन्तले बताइन ।पूजालाई कक्षा ११ र १२ पढ्न झण्डै एक लाख खर्च हुने स्थिति थियो उनले कानून नै पढ्ने भनेपछि हामीले एक्सिसलाई आग्रह गरेर निशुल्क पढाउने व्यवस्था गरेका हौ पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले बताए । एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था गर्ने भएको छ ।

आर्थिकरुपमा विपन्न स्वर्गिय पत्रकार जेपीका दुई छोरीहरुलाई पत्रकार महासंघले नै विभिन्न निकायलाई आग्रह गरेर निशुल्करुपमा पठनपाठन गराइरहेको छ ।धनगढीको एक्सिस विद्याश्रमका सञ्चालक र आमा बसन्ती जोशीसित पूजा जोशी । तस्बिर प्रकाशविक्रम शाह
स्वर्गिय जोशीकी अर्की छोरी गीता जोशीलाई अत्तरियास्थित एभरेष्ट बोर्डिङ स्कुलले निशुल्क पढाउने व्यवस्था गरेको प्रिन्सिपल स्माइल चौधरीले बताए । सो अवसरमा महासंघका केन्द्रीय सचिव हेमकर्ण विक र जिल्ला अध्यक्ष हिमालय जोशीले पूजालाई निशुल्करुपमा पढ्ने व्यवस्था गरेकोमा आभार व्यक्त गरे । जोशी ०७४ पुसमा अत्तरियाबाट बेपत्ता भएका थिए भने त्यसको एक महिनापछि उनको कंकाल अत्तरिया नजिकैको जंगलमा भेटिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin