४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

मेसीको डेब्यू खेल, पिएसजी दुई गोलले विजय

खबर सम्बाददाता १४ भाद्र २०७८, सोमबार
मेसीको डेब्यू खेल, पिएसजी दुई गोलले विजय

अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले फ्रेन्च क्लब पिएसजीमा डेब्यू गरेका छन्।उनले आइतबार राति भएको रेइम्सविरुद्धको खेलमा डेब्यू गरेका हुन्।उनी नेइमारको स्थानमा खेलको ६६ मिनेटमा ३० नम्बरको जर्सी लगाएर मैदान छिरेका थिए।

स्पेनिस क्लब बार्सिलोनामा दुई दशक बिताएपछि मेसी यो सिजन पिएसजीमा आबद्ध भएका थिए। जसका कारण मेसीले आफ्नो करिअरमा बार्सिलोनापछि दोस्रो क्लबबाट खेले।मेसीले डेब्यू गरेको खेलमा पिएसजीले २-० को जित निकाल्यो।

पिएसजीका लागि दुवै गोल एमबाप्पेले गरे। उनले खेलको १६ र ६३ मिनेटमा गरी दुई गोल गरेका हुन्।फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पिएसजीको यो लगातार चौथो जित हो।
 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin