सेवाराम राना,कञ्चनपुर
धमाका RJ DJ काे अायाेजनामा श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा पुनर्वास नगरपालिका वडा नं. १० मा पेनाल्टी सुट आउट प्रतियोगिता सम्पन्न भएको छ । खेलमा ५० टिमको सहभागिता रहेको थियो । खेल दिउँसो ११ बजे देखि शुरु भै राती २ बजे सम्म चलेको थियो ।प्रतियोगितामा पुनर्वास ११अमरबस्ती भेट्रान युवा क्लब विजेता तथा उपबिजेता नबोदय आधारभुत युवा क्लब लालझाडी १ डांडा बिचवा भएका छन ।

यसै बीच विजेता टिमलाई एक कार्यक्रमका मार्फत नगद पुरुस्कार सहति सम्मान गरीएको छ । बिजेता टिमले २०००० र उपविजेता टिम १०००० नगद पाएका छन ।कार्यक्रमका प्रमुख अतिथि पु न पा १० का वडा अध्यक्ष सुकदेब राना हामी सबैले खेल खेल्नु पर्छ । सबैले खेलाडीलाई सम्मान गर्नु पर्छ । खेलाडीले देश प्रदेशमा नेपाल चिनाउन ठूलो योगदान रहेको हामी कसैले विर्सन नहुने बताए ।साथै खेल क्षेत्रलाइ अगाडि बढाउन हाम्रो सहयोग र साथ सधै रहने छ भनी वडा अध्यक्ष सुकदेब रानाले प्रतिबद्धता गरे ।

कार्यक्रममा बोल्दै एन्फा प्रदेश फुटबल संघका सदस्य तथा लालझाडी युवा क्लब ११ का अध्यक्ष काशिराम बोहाराले फुटबल खेलले एक आपसी सामाजिक सदभाव, अनुशासन र खेलाडीलाई चिनाउन सहयोग गर्दछ फुटबल खेललाई अझै अगाडि बढाउन लालझाडी क्लब ११ ले ग्रासरुट लेवलमा अन्डर १३ का खेलाडीलाई फुटबल प्रशिक्षण सुरु गरेकाछौं बताए ।

नेवराज रानाको सभापतित्वमा सम्पन्न खेलमा विभिन्न संघ संस्था तथा भलमन्साहरु उपस्तिथि रहेको थियो । खेल सञ्चालन गर्न वडा नं १० का वडा अध्यक्षले रु १०००० हजार साथै २ थान फुटबल, लालझाडी युवा क्लब ११ का अध्यक्ष काशिराम बोहारा २ थान फुटबल , पु न पा वडा नं १० फारवस्ट इन्टरनेशनल स्कुलबाट १ थान फुटबल सहयोग लगायत स्थानीयले ब्यतिगत सहयाेग गरेका थिए ।