माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेकपा एमाले सुदूरपश्चिमका १० जना सासंदले सनाखत गरेका छन् । नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न सुदूरपश्चिमका प्रदेशसभाका १३ सदस्य प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको भए पनि १० जनाले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको जनाएको छ ।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन्।