नेपाल-भारतको खेल हेर्न दर्शक रंगशाला जान पाउने भएका छन्। सरकारले ५१ सयलाई प्रवेश गर्न अनुमति दिएसँगै दर्शकले उक्त खेल हेर्न पाउने भएका हुन्। तर खेल हेर्नका लागि भ्याक्सिन कार्ड चाहिने र भ्याक्सिन कार्ड नभए पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएकाे छ ।
खेल हेर्नको लागि टिकट अनलाइनबाट काट्नुपर्नेछ। यद्यपि मूल्य भने अहिले तय नभएको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।
खेल अगामी बिहीबार र आइतबार साँझ साढे पाँच बजेदेखि सुरू हुनेछ।