४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

धनगढीमा ३३ प्रतिशतले लगाए कोरोना विरुद्धको पुर्णखोप

खबर सम्बाददाता १६ भाद्र २०७८, बुधबार
धनगढीमा ३३ प्रतिशतले लगाए कोरोना विरुद्धको पुर्णखोप

धनगढी उप–महानगरपालिकामा ३३ दशमलव ८  प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । धनगढी उप–महानगरपालिका अनुसार नगरमा कोभिसिल्ड, जोनसोन एण्ड जोनसोन, एष्ट्राजोनिका  र भेरोसेल खोप लगाइएको थियो । चार वटै खोप गरी भदौ १५ गते सम्म ४५ हजार ५ सय २१ जनालाई पूर्ण खोप लगाइएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य इन्चार्ज लक्ष्मी उपाध्यायले बताए ।

उनका अनुसार धनगढीमा खोप लगाउनेको सूचिमा १ लाख ३३ हजार ३ सय ९३ जना हुन सक्ने अनुमान गरिएको छ । सोका आधारमा भदौ १५ गते सम्म ३३ प्रतिशत नागरिकले खोप लगाएको उनले बताए ।

धनगढी उप–महानगरपालिकामा पहिलो डोज खोप मात्रै लगाउने नागरिकको संख्या केही बढी छ । धनगढीमा भदौ १५ गते सम्म ५१ हजार ६ सय ९१ जनाले कोरोना विरुद्धको पहिलो खोप लगाएका छन् । स्वास्थ्य इन्चार्ज उपाध्यायका अनुसार धनगढी उप–महानगरपालिकामा ६ हजार १ सय ७० जनाले पहिलो खोप मात्रै लगाएका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin