कैलालीमा भोलीदेखि विद्यालय सुचारु हुने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि भोलीदेखि विद्यालय सुचारु हुने भएका हुन् ।
जिल्ला प्रशासान कार्यालय कैलालीको बिहीबार बसेको बैठकले भदौ १८ गते भोलीदेखि असोज १ गतेसम्म विद्यालय खुल्ने सहमति भएको जनाइएको हो । असोज १ गतेदेखि अवस्था हेरेर अर्को छलफल गरी निर्णय गरिने आजको बैठकमा छलफल भएको छ ।
यस अघि यहाँका स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका थिए ।
कञ्चनपुरमा पनि विद्यालय खोल्ने तयारी गरिएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कञ्चनपुरका स्थानीय तहका जनप्रतिनिधि सँग छलफल गरि विद्यालय सञ्चालन हसन सक्ने जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेका अनुसार स्थानीय तहका जनप्रतिनिधि सँग छलफल गरिरहेको र विद्यालय खोल्ने वा नखोल्ने भन्ने विषयमा छिट्टै निर्णय हुने जानकारी दिए ।