४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

स्थापना दिवसमा थारु विधार्थी सामाजद्धारा पाँच जना थारु अगुवा सम्मानित

खबर सम्बाददाता १८ भाद्र २०७८, शुक्रबार
स्थापना दिवसमा थारु विधार्थी  सामाजद्धारा पाँच जना थारु अगुवा सम्मानित

थारु विद्यार्थी समाज कैलालीले २६ औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । सबै थारु विद्यार्थी एक भई शैक्षिक अभियान अगाडि बढाउ भन्ने मूल नारा सहति स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका थारु अगुवाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष माधब चौधरी, थारु बुद्धिजीवि बुदीलाल चौधरी, थारु विद्यार्थी समाजका केन्द्रीय कोषाध्यक्ष चन्द्रसिंह चौधरी, थारु अगुवा प्रभावत चौध्री र निम चौधरीलाई सम्मान गरिएको थारु विद्यार्थी समाजका जिल्ला अध्यक्ष आषिश चौधरीले जानकारी दिए ।

सोही अवसरमा ११ जना थारु यूवाहरुले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा रामलाल डगौरा, आषिश चौधरी, लक्ष्मण चौधरी, आषिश चौधरी, कमल चौधरी, गजेन्द्र प्रसाद चौधरी, रमेश चौधरी, शान्ति चौधरी, दिनेश चौधरी बाँधु चौधरी रहेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin