४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

कञ्चनपुरमा पनि विद्यालय खोल्ने प्रशासनको निर्णय, यस्तो छ सिडिओको आदेश

खबर सम्बाददाता १८ भाद्र २०७८, शुक्रबार
कञ्चनपुरमा पनि विद्यालय खोल्ने प्रशासनको निर्णय, यस्तो छ सिडिओको आदेश

 कञ्चनपुरमा पनि विद्यालय सञ्चलन गर्न पाइने भएको छ । शुक्रबार भएको बैठकपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले विद्यालय सञ्चालन गर्न पाउने उल्लेख गरेका हुन् ।

भदौ १८ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि सो निर्णय गरिएको जनाएको छ । बालबालिकाका शैक्षिक गतिविधि र अन्य सामाजिक गतिविधिलाई सहज बनाउन यस्तो निर्णय गरिएको आदेशमा उल्लेख छ।

सकभर भौतिक उपस्थितीमा पठनपाठन नगरी भर्चुअल माध्यमबाट पठनपाठन गराउन आदेशमा आग्रह गरिएको छ। यदि भौतिक उपस्थितीमा विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।

त्यसको अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिएको छ। स्वास्थ्य मापदण्ड अपनाएको नभेटिए तत्काल विद्यालय बन्द गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।

No photo description available.
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin