४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

एलपिएल छैठौं संस्करणमा सहभागी हुने १० टोली सार्वजनिक

खबर सम्बाददाता १८ भाद्र २०७८, शुक्रबार
एलपिएल छैठौं संस्करणमा  सहभागी हुने १० टोली सार्वजनिक

कैलालीको धनगढीमा आगामी माघ अन्तिम सातादेखि हुने लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौं संस्करणमा सहभागी टोलीहरुको नाम सार्वजनिक गरिएको छ ।

लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट र लिटिल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा धनगढीमा आयोजना हुदैं आएको प्रतियोगिताको छैठौं संस्करणमा सहभागी १० वटा विद्यालयको टोलीको नाम प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिएको हो । 

विद्यालयको टोलीमा ९ जना राष्ट्रिय टीमका १९ बर्षका खेलाडीहरु समावेश गर्न पाउने प्रतियोगितामा सुदूरपश्चिमका अधिकांश टीमहरु रहेका छन् । प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाईस्कुल धनगढी, कैलाली गुरुकुल इङलिस मिडियम हाईस्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङलिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलालीले सहभागीता जनाउनेछन् ।

त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कंचनपुर, हिमालयन व्हाईट हाउस वल्र्ड स्कुल काठमाडौ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौले सहभागीता जनाउने आयोजकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

नेपाली क्रिकेटको भविष्य बलियो बनाउनका लागि आयोजना गर्न लागिएको विद्यालय स्तरको राष्ट्रिय क्रिकेट लिगमा देशभरका १० वटा विद्यालयले सहभागिता जनाउने छन । अघिल्लो संस्करणमा १६ वटा टीमहरु सहभागी हुदै आएकोमा अबको संस्करणमा १० टीम मात्रै सहभागी गराईने लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin