४ आश्विन २०८३, आईतवार
बि प्लस खबर

सुदूरपश्चिम प्रदेश सभामा एमाले खुम्चिदै, समाजवादीका सांसद थपिदै

खबर सम्बाददाता २० भाद्र २०७८, आईतवार
सुदूरपश्चिम प्रदेश सभामा एमाले खुम्चिदै, समाजवादीका सांसद थपिदै

सुदूरपश्चिम मा आइतबार थप ३ जना प्रदेश सांसदले एमाले छाडेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र पूर्वप्रमुख सचेतक तारा लामा तामाङले आइतबार प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका हुन् । यससँगै अब एमाले छाडेर (एस) मा जानेको संख्या १३ जना पुगेको छ ।

यस अघि १० जना सांसदले सनाखत गरेका थिए । सुदूरपश्चिम प्रदेशसभामा अब एमालेभन्दा धेरै सांसद (एस) मा पुगेका छन् । एमालेमा कूल २४ जना (सभामुखबाहेक) सांसद रहेकोमा १३ सांसदले नेकपा (एस) रोजेपछि एमालेमा रहने सांसदको संख्या ११ जनामात्रै भएको छ । सभामुख तटस्थ भूमिकामा रहन्छन् ।

यसअघि मन्त्री पूर्णा जोशी र लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरु सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारीले सनाखत गरेका थिए । निर्वाचन कार्यालयले सनाखत गर्ने म्याद २२ गतेसम्म तोकेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin