२८ कार्तिक २०८३, शनिबार
बि प्लस खबर
NV Casino PL

Mit regelmäßigen Cashback-Aktionen federt das NV Casino eventuelle Pechsträhnen für engagierte Stammkunden spürbar ab.

nv casino

आयोगको कामकाजी भाषा सिफारिसमा रानाथारु समुदायको घोर आपत्ती, आन्दोलनको चेतावनी

खबर सम्बाददाता २१ भाद्र २०७८, सोमबार
आयोगको कामकाजी भाषा सिफारिसमा रानाथारु समुदायको घोर आपत्ती, आन्दोलनको चेतावनी

सुदूर पश्चिम प्रदेशमा सरकारी काम काजको भाषा भनेर डोटेली र रानाथारु भाषा सिफारिस गर्ने तयारी गरेकोमा आज उक्त निर्णय फेरबदल भएको छ । यस निर्णय प्रति रानाथारु अगुवा हरुले विरोध जनाएका छन । भाषा आयोगले रानाथारुलाई अपेलहना गरेको हो यो मान्य हुदैन । बरु अन्दोलन गर्नु परे गर्ने अगुवाहरुले बताएका छन ।

रानाथारु नै सुदूर पश्चिमको पहिलो आदिवासी रहेको आयेगलाई जानकारी हुँदा हुदै आज आएर त्यसलाई गुम्रहमा राख्नु खेदपुर्ण रहेको अगुवा हरुको ठहर छ । भाषा आयोगको प्रतिबेदन तयारी गर्दा रानाथारु भाषा रहेको आश्वासन दिएको थियो । नाटकिय रुपमा भाषा आयोगले अचानक परिवर्तन हुनु चदखेल भएको नेपाल रानाथारु समाजका अध्यक्ष कृपा राम रानाले बताए ।

आज भाषा आयोग ले आफ्नो ५ औ वार्षिक प्रतिबेदन सार्बजनिक गरेको छ । जसमा सुदुर पश्चिम को सरकारी कामकाजी भाषाको रुपमा डोटेली र थारु भाषा भनेर सिफारिस गरेको छ । जहाँ रानाथारु भाषालाई अपेलहना गरिएको छ । भाषा आयोगले संबिधानले दिएको आधार ऐतिहासिक आधार नहेरेर कसैको दबाबमा निर्णय गरेको आशंका रहेको रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिं राना बताए । त्यसैले यसको बिरोध गर्नु पर्ने, यसरी हामी हाम्रो अधिकार प्राप्ति गर्ने काममा पछाडी पर्दे जाने हो भने आगामी प्रदेशको लोक सेवामा आरक्षणको अधिकार पनि गुमाउने डर देखिएको उहाँको भनाई थियो ।

आज भाषा आयोगले सिफारिस गरेको कामकाजी भाषामा सुप प्रदेशमा रानाथारु भाषा नसमेटिए दुखद खबर रहेको , यसलाई मान्य हुनेगरी आयोगले संसोधित सिफारिस पेश गरोस । बिभेदकारी सिफारिस चाहिँदैन, भाषिक पहिचान मेटाउन पाइँदैन भन्दै राना कला संस्कृति संरक्षण समिति तथा विकास मञ्चका अध्यक्ष नारायन राना बताए ।

रानाथारु अगुवाहरुले सुदूर पश्चिम प्रदेशमा रानाथारु भाषा कामकाजी भाषाका रुपमा समाबेस नगरे अन्दोलन गर्ने चेतावनी दिएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin