५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

जसपाका संसदीय दलका नेता चौधरीले रोजे महन्थ ठाकुर नेतृत्वको लोसपा

खबर सम्बाददाता २१ भाद्र २०७८, सोमबार
जसपाका संसदीय दलका नेता चौधरीले रोजे महन्थ ठाकुर नेतृत्वको लोसपा

जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्।

सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी चौधरीले जसपा छाडेर महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सभामा जसपाका २ सांसद छन्। कैलालीकै समानुपातिक सांसद मालामती राना जसपामै छिन्। निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ (मंगलबार) सम्म दल रोज्ने समय दिएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin