५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

सम्पुर्ण मापदण्ड पुरा भएकाे रानाथारू भाषालाई आयोगले नसमेटेकाे भन्दै काठमाण्डौमा प्रदर्शन

खबर सम्बाददाता २२ भाद्र २०७८, मंगलवार
सम्पुर्ण मापदण्ड पुरा भएकाे रानाथारू भाषालाई आयोगले नसमेटेकाे भन्दै  काठमाण्डौमा प्रदर्शन

भाषा आयोगले सुदुर पश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको रुपमा रानाथारु भाषालाई छुटाएको भन्दै रानाथारुहरु अन्दोलनमा उत्रिएका छन ।
सुदूुर पश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जिल्लाका पहिलो आदिबासी रानाथारु समुदायलाई आयोगले अन्यय गरेको भन्दै काठमाण्डौको माइती घर मण्डलामा रानाथारुहरुले विरोद्ध प्रदर्शन गरेका हुन ।


रानाथारुको भाषिक अधिकार सुनिश्चितता गर, बिभेदकारी सिफारिस चाहिँदैन, पहिचान मेटाउन पाइँदैन । रानाथारु सुदूर पश्चिमको मुल आदिबासी हो आदि प्लेकार्ड देखाउदै शान्ति पूर्ण प्रदर्शन गरेका छन ।


सम्पुर्ण मापदण्ड पुरा गरेको यस भाषालाई आयोगले आफै तयार पारेको मापण्ड अनुसार प्रारम्भिक प्रतिबेदन मा रानाथारु भाषालाई समाबेश गरेता पनि त्यसको बिपरित अचानक अप्रत्यासित ढंगले अन्तिम क्षणमा रातारात षडयन्त्र पुर्बक तरिकाले रानाथारु भाषालाई प्रतिबेदनबाट हटाइएकोमा घोर आपत्ती प्रकट गर्दै रानाथारुहरु अन्दोलनमा उत्रिएका हुन ।

सुदूरपश्चिमको तराइका जिल्लाहरु कैलाली र कंचनपुरमा बसोबास गर्ने मौलिककला, संस्कृति, इतिहास, भाषा, रितिरिवाज एव छुट्टै पहिचान भएको मुल आदिबासी जनजाती, भुमीपुत्र रानाथारुसमुदायको भाषालाई सरकारीकामकाजी भाषा बनाउनका लागि सम्पुर्ण आधारहरु पर्याप्त जनसंख्या, भाषाको इतिहास, व्याकरण, शव्दकोश,पाठसंकलन, लोकवार्ता, वर्णनिर्धारण, मानकिकरण, पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण भइ कैलाली, कंचनपुरका २७ वटा बिभिन्न सामुदयिक विद्यालयमा अध्ययन अध्यापन समेत भइरहेको छ । यो भन्दा अरु अधार के चाहियो भन्दै पूर्व बन तथा वातावरण मन्त्री नारदमुनि रानाले आयोग प्रति प्रश्न गरे ।

भाषा आयोगले नेपाल सरकारलाई बुझाएको पाँचौ वार्षिक प्रतिबेदनमा सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिस नसच्चाए सम्म अन्दोलनको जारी रहने नेपाल रानाथारु समाजका अध्यक्ष कृपा राम रानाले बताए । भोलीका दिन आवश्यक परे जस्तो सुकै अन्दोलन गर्ने तयारी रहेको चेतावनी आयोगलाई दिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin