५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

भाषा सिफारिसको विराेधमा १२ संस्थाकाे समथर्न, रानाथारुहरुले चरणवद अन्दोलन गर्ने

खबर सम्बाददाता २४ भाद्र २०७८, बिहीबार
भाषा सिफारिसको विराेधमा १२ संस्थाकाे समथर्न, रानाथारुहरुले चरणवद अन्दोलन गर्ने

आज भाषा आयोगले आफ्नो ५ औ वार्षिक प्रतिबेदन मार्फत सुदूर पश्चिम को सरकारी कामकाजी भाषामा रानाथारु भाषा यथा सिघ्र थपको माग गरेका छन । भाषा आयोगले संबिधानले दिएको आधार ऐतिहासिक आधार नहेरेर कसैको दबाबमा निर्णय गरेको हामीलाई मान्दैनौ भनि विरोध गर्दै आएका छन ।


विरोधका लागि रानाथारुको छाता संगठन नेपाल रानाथारु समाजको अगुवाइमा आज अन्दोलनका लागि रानाथारू भल्मन्सा , जन प्रतिनीधि, विभिन्न संस्थाका पदाधिकारी तथा रानाथारु अगुवाहरुले सार्वजनिक भेला गरी अन्दोलनका लागि मोर्चा तयार पारेका छन । भेलाले स्थानीय निकाय देखि केन्दिय तह सम्म दबाब दिने निर्णय गरेको छ ।


नेपाल रानाथारु समाजले सुरु गरेको विराध कार्यक्रममा रानाथारु संघर्ष समिति, राना कला एवं सस्कृति पर्वद्धन समाज, रानाथारु उत्थान समन्वय मञ्च,रानाकलाकार मञ्च, सहिद होरीलाल प्रतिष्ठान, रानाकला संस्कृति संरक्षण समिति तथा विकास मञ्च, रानाथारु युवा क्लब, रानाथारु कल्याण मञ्च, रानाथारु विद्यार्थी समाज, रानाथारु आदर्श क्लब, सागर ज्योति युवा क्लब, लगायतका विभिन्न क्लबले विरोधको समर्थन जनाएका छन ।


भेलाबाट चरणवद रुपमा आन्दोलन गर्ने निश्कर्ष निकालेका छन । जस अन्तर्गत भदौ २४ गते मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख लाई ज्ञापन पत्र बुझाउने र भदौ २८ गते विहान ११ बजे धनगढी चाैराहा देखि पार्कमाेड सम्म र्याली गरी काेण सभा गर्ने बुहत प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएको आन्दोलनका संयोजक कृपाराम रानाले बताए ।

आफ्नो हक अधिकारका लागि जस्तो सुकै आल्दोलन गर्ने तयार रहेको र आवश्यकता अनुसार आन्दोलनको सोरुप परिवर्तन गर्दै लैजाने संयोजक रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin