५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

सुदूरपश्चिम प्रदेशमा भदाै २७ गते सार्वजनिक बिदा

खबर सम्बाददाता २४ भाद्र २०७८, बिहीबार
सुदूरपश्चिम प्रदेशमा भदाै २७ गते  सार्वजनिक बिदा

 कैलाली र कञ्चनपुरमा २७ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले २७ गते बिदा दिने निर्णय गरेको हो ।

२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको थियो।

सोही निर्णयअनुसार भदौ २७ गते थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटुवारीको अवसरमा प्रदेशभरी बिदा दिइएकोमा यो वर्ष कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ। आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ। 
 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin