५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

नारदमुनी रानाले मच्चाए हंगामा, मर्यादापालकको जिउमै चढेर रोष्टम कब्जा गर्ने प्रयास

खबर सम्बाददाता २५ भाद्र २०७८, शुक्रबार
नारदमुनी रानाले मच्चाए हंगामा, मर्यादापालकको जिउमै चढेर रोष्टम कब्जा गर्ने प्रयास

विगत केहि दिन देखी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा चर्को नारबाजी गर्दै सभामुख अग्नी सापकोटा माथी दवाव बढाइरहेको छ ।आज पनि अस्ती जस्तै एमालेले संसदमा हंगामा मच्चाएको छ । एमालेको नाराबाजी र विरोधको बाबजुद सभामुख अग्नी सापकोटाले पेलेरै संसदीय मूल्य मान्यतको धज्जी उडाउँदै आजको संसद बैठक अघि बढाएका थिए ।

सभामुखले पेलेर अघि बढेपछि एमाले सांसदहरु झन उग्र भएर सदनमा प्रस्तुत भएका थिए । केहि दिन अघि एमाले सांसद गंगा चौधरीले मर्यादापालकलाई छक्काउँदै रोस्टममै पुग्न लागेको तस्बिर निकै चर्चित भएको थियो । आज एमाले सांसद नारमुृनी राना त्यहि शैलीमा झण्डै रोस्टममा पुगेका थिए ।

एमाले सांसदले नाराबाजी गरिरहँदा सभामुखले बैठक चलाए पछि उग्र भएका सांसद राना मर्यादापालको रोक्न खोज्दा उनीहरुको जिउ माथी नै चढेर रोस्टमतिर अघि बढेको देखिन्थ्यो । एमाले सांसदलाई मर्यादा पालकलले घेरा हालेर राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच संसद् बैठकमा भएको ठेलमठेलमा संसदको एउटा टेबल भाँचिएको छ। शुक्रबार नेकपा एमालेका सांसदहरुले नाराबाजी ‍गरिरहँदा सभामुख अग्नि प्रसाद सापकोटाले संसद बैठकलाई अघि बढाएका थिए।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका सभामुख सापकोटाले दोस्रो बैठक सुरु हुनासाथ अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश टेबुल गर्न समय उपलब्ध गराएका थिए।

सभामुखले अर्थमन्त्रीलाई समय उपलब्ध गराएसँगै अर्थमन्त्रीलाई एमाले सांसदहरुले रोस्टममा जानबाट रोक्न खोजे।त्यसक्रममा एमाले सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी भएको भयो। एमाले सांसदहरु र मर्यादापालकबीच घम्साघम्सी हुँदा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ। टेबुल भाँचिएपछि सत्तापक्षको पहिलो लहरमा बसेका कांग्रेस सांसदहरु पछाडिको लहरमा गएका थिए।एमाले सांसदहरुले अवरोध कायम राखेपनि जनार्दन शर्मा भने बेलको पछाडिबाट घुमेर रोस्टममा पुगेर आर्थिक अध्यादेश टेबुल गरेका थिए।

from olinekhabar

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin