कंचनपुरको लालझाडी ३, डाडाजाईमा बेवारिसे अवस्थामा मानव कंकाल फेला परेको छ । शनिबार दिउँसो १२ बजेतिर पहिचान नखुलेको अवस्थामा मानव कंकाल फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले जानकारी दिए ।
प्रहरी निरीक्षक खड्काका अनुसार फेला परेको मानव कंकाल केही दिन अघि दोदा नदिमा आएको बाढिले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको बताए ।
“प्रारम्भिक अनुसन्धानका क्रममा महिलाकै शरीर हुनसक्ने घटनास्थल नजिकै भेटिएका केही प्रमाणले देखाए पनि” प्रहरी निरीक्षक खड्काले भने “पुष्टि भने हुन बाकी छ ।”