५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढी पुगेर भीम रावलले भने १० बुँदे प्रस्ताव कार्यान्वयन हुन्छ

खबर सम्बाददाता २९ भाद्र २०७८, मंगलवार
धनगढी पुगेर भीम रावलले भने १० बुँदे प्रस्ताव कार्यान्वयन हुन्छ

नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन हुने बताएका छन् । धनगढीमा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै रावलले केही स्वार्थी पदलोलुप्तहरुले आफ्नो भाग खोसिने चिन्ता गरेर अनेक हल्ला गरेको बताए ।

एमाले विभाजन रोक्नका लागि, जनताको भावना, कम्यूनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे सहमती भएको हो । ‘१० बुँदे कार्यान्वयन गर्नु सबै नेता–कार्यकर्ताको कर्तव्य हो,’ उनले भने, ‘१० बुँदे कार्यान्वयनको अर्थ एमाले २०७५ जेठ २ को अवस्थामा जानु हो।

यस्तै उनले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको बताउँदै आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा रहेको बताए। ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन,’ रावलले भने। फरक प्रसंगमा उनले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुट भन्दा सानो भएकोले धेरै यसपटक ठूलो समस्या नहुने वताए ।

एमाले छोडेर समाजवादी बनेको पार्टीले एमसीसी बारे आफ्नो धारणा किन ल्याएन, जनताको हीतमा छौ भन्नेहरु किन चुप छन् उनले प्रश्न गरे । समाजबादीमा लाग्न विकास योजना र पद दिन खोजिएको छ तर हामीहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट भएका होइनौ डा. रावलले भने कतिपयलाई काँग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव नरहेकाे जिकिर गरे । रावल आफ्नो गृह जिल्ला अछाम सहितका जिल्ला भ्रमणका लागि धनगढी आएका हुन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin