५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

आयोगले भन्याे बहुसङ्ख्यकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि भए रानाथारु भाषालाई प्रादेशिक भाषा बनाइने

खबर सम्बाददाता ३० भाद्र २०७८, बुधबार
आयोगले भन्याे बहुसङ्ख्यकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि भए रानाथारु भाषालाई प्रादेशिक भाषा बनाइने

भाषा आयोगले राष्ट्रिय जनगणना, २०६८ को आधारमा प्रदेशमा बोलिने राष्ट्रभाषाको शीर्षस्थानमा रहेका भाषालाई प्राथमिकता दिइएकाले सुदूरपश्चिम प्रदेशमा रानाथारु भाषालाई प्रादेशिक भाषाका रुपमा सिफारिस गर्न नसकिएको जनाएको छ । सो जनगणनामा थारु भाषामात्र प्रयोग भएको थियो ।

आयोगले आफ्नो सिफारिसबारे प्राप्त सुझाव र प्रतिक्रियामा ध्यानाकर्षण भएको जनाउँदै भदाै २९ गते विज्ञप्ति जारी गरी उक्त प्रदेशमा रानाथारु भाषा सो प्रदेशमा बहुसङ्ख्यकले बोलिने भाषा सावित हुने तथ्याङ्क पुष्टि हुन आएमा आगामी दिनमा सिफारिसलाई पुनरावलोकन र संशोधन गरिने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता डा लोकबहादुर लोप्चनले जारी गरेको विज्ञप्तिमा स्थानीय तह र समुदायसँग मिलेर आयोगले कञ्चनपुर र कैलाली जिल्लामा बोलिने रानाथारु भाषाको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आएको पनि जानकारी दिएको छ । रासस

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin