कञ्चनपुरको बेलौरी स्थित बन्दातालमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार अपराह्न बन्दातालमा डुबेर बेलौरी नगरपालिका वडा नम्बर ३ पडाव बस्ने २५ वर्षीय जीत बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काले जानकारी दिनुभयो ।
बन्दातालमा डुबेको खबर पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरूको संयुक्त टोली उद्धारमा खटिएको थियो । चौधरी सशस्त्र प्रहरी बल नेपालमा कार्यरत थिए । मृतकको शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा राखिएको छ ।