धनगढी उ.म. न.पा.-७,पटेला ,कैलालीमा २०७८ असोज १ गतेको दिन धनगढी उप-महानगरपालिका वडा न. ७ को आयोजनामा पटेला थारु संस्कृति संग्रहालयको उद्घाटन धनगढी उ.म.न.पा. का नगर प्रमुख नृप बहादुर वड र नगर उप-प्रमुख सुशिला मिश्र भट्टले गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथी धनगढी उप-महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड कार्यक्रमका विशिष्ट अतिथी सुशिला मिश्र भट्ट यसैगरी अतिथी सम्पुर्ण वडाका वडा अध्यक्षहरु पटेला गाउँका समाजसेवि एवं गाउँबासीको उपस्थितिमा र सभापति वडा न. ७ का वडा अध्यक्षको उद्घाटन कार्यक्रम भएको छ ।

स्वागत मन्तव्य वडा न.७ का वडा सदस्य अर्जुन चौधरीले गरेका थिए ।पटेला मा मात्रै ९८% भन्दा बढी थारु समुदायको बसोबास रहेको छ ।
यो संग्रहालयले पटेला गाउँलाई पनि चिनाउने काम पनि गर्नेछ भन्ने आश गरेका छौ ।हामी यस संग्रहालयबाट उठाएको रुपैयाँ पैसालाई पटेला गाउँको विकास गर्नेछौ भनेर बताएका छन ।

पटेला गाउँलाई थारु होमस्टे बनाउने लायकको पनि छ ।
धनगढीको ७ न. वडामा जखौर ताल बाट करिब ३ किलोमिटर मात्र पटेला गाउँ रहेको हुदा थारु होमस्टे बनाउछौ थारु संग्रहालयको उद्घाटन २ वर्ष पहिले नै भइहाथ्यो तर कोभिडको कारणले ढिलो उद्घाटन बगेका छौ भनेर प्रमुख अतिथी नगर प्रमुख नृप बहादुर वडले बताएका छन ।

उप-प्रमुखले थारु भाषामा सम्बोधन गर्दै भनिन हामीले आहिलेको पहिरन , खानपिन आदि पुराना समानहरु आहिले युवाले जन्नु जरुरी छ । र पुराना समानहरु अहिले बनाउन सक्दैनन त्यसैले संग्रहालय बनाइएको छ र संग्रहालय धेरै महत्त्वपूर्ण पनि छ भनेर धनगढी उ.म.न.पा. कि नगर उप-प्रमुख सुशिला मिश्र भट्टले बताएकि छिन ।

यस पटेला गाउँमा होम्स्टे , खेलकुदको लागि चौरको पनि ब्यवस्था गरिदिनु भनेर अध्यक्षले प्रस्ताव गरेका छन ।
पटेला गाउँवासीले आ-आफ्नोे पुराना संस्कृतिक समानहरु पटेला थारु संस्कृति संग्रहालयमा राख्न सक्ने र नि:शुल्क राखेमा दिने दाताको नाम समानको अगाडी राख्ने र आफ्नो संस्कृतिक समानलाई शुल्क लियर पनि राख्न सक्ने भनेर वडा न. ७ का अध्यक्ष सिताराम रानाले बताएका छन ।

कार्यक्रममा सखिया नाच र पटेला स्मर्ट क्लबले नृत्य प्रदर्सन गरेका थिए ।
सखिया नाच देख्नको लागि यसमा क्लिक गर्नुहोला https://www.facebook.com/110523100844767/posts/306799407883801/?app=fbl


प्रमुख अतिथी बिशिष्ट अतिथी र सम्पुर्ण अतिथीहरुले संग्रहालयको अबलोकन गरेका थिए ।
आज पटेलाबासी धेरै खुसी पनि भएका छन ।

