६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

सुदूरपश्चिम प्रदेशको अर्थमन्त्रीमा तामाङ र राज्यमन्त्रीमा बोहरा नियुक्त

खबर सम्बाददाता १ आश्विन २०७८, शुक्रबार
सुदूरपश्चिम प्रदेशको अर्थमन्त्रीमा तामाङ र राज्यमन्त्रीमा बोहरा नियुक्त

सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् त्यस्तै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरालाेई नियुक्त गरिएकाे छ। 

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन्। मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादव र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ ग्रहण गराएका हुन्। भदौ २२ गते अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो। 

एमाले विभाजनपछि दुवै सांसदले नेकपा एस रोजेका थिए । अहिले सुदूूरपश्चिममा एमाले विभाजन भएपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । हाल नेकपा एसमा १४ सांसद रहेका छन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin