६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

थरुहटले संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने

खबर सम्बाददाता २ आश्विन २०७८, शनिबार
थरुहटले संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने

थरुहट÷थारुवान राष्ट्रिय मोर्चा कैलालीले संविधान दिवस अर्थात् असोज ३ गतेलाई कालो दिनको रूपमा मनाउने भएको छ। मोर्चाले असोज ३ गते कैलालीको जोशीपुर बजारमा विरोध सभा आयोजना गरेर कालो दिन मनाउने थरुहट÷थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव थारुले बताए ।

संयोजक चौधरीले जिल्लाका विभिन्न ठाउँमा संविधानको धारा २७४ र अनुसूची ४ लाई जलाएर विरोध गर्ने बताए । २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको थियो । थरुहट÷थारुवान मोर्चाले कैलाली–कञ्चनपुर सहित पश्चिम तराईमा थरुहट राज्य बनाउनु पर्ने लगायतका माग गर्दै आएको छ ।

मोर्चाले संविधान जारी हुनु भन्दा पहिले देखि उठाएको माग संविधानमा नसमेटे पछि मोर्चा संविधान जारी भएको दिनलाई कालो दिनको रूपमा मनाउदै आएको संयोजक चौधरीले बताए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin