२०७८ असोज २४ गतेदेखी लालझाडी गाउँपालिकामा धनगढी देखि पर्सिया सम्म सार्बजनिक बस संचालनमा आएको छ ।
सुदुरपश्चिम यातायात समितिको सार्बजनिक बस धनगढी देखि पर्सिया र पर्सिया देखि धनगढीको शुल्क १७० रुपैयाँ भाडाको दर तोकेका छन । गाउँ गाउँ अनुसार १० रुपैयाँ बढ्ने र १० रुपैयाँ घट्ने भन्ने बताएका छन । बस संचालन गर्न लालझाडी गाउँपालिका वडा न. २ का वडा अध्यक्ष हेम राज रानाले सुदुरपश्चिम यातायातलाई बिशेष सहयोगमा सुदुरपश्चिम यातायातको सार्बजनिक बस संचालनमा आएको छ भनेर सुदुरपश्चिम यातायातका संचालक लोक बहादुर कर्कीले बताएका छन ।

लालझाडी ३ पर्सिया देखि धनगढीको बस बिहान ८ बजे पर्सियाबाट हिड्ने छ र धनगढी देखि पर्सियाको बस साँझ ३ बजे धनगढीबाट हिड्ने छ । लालझाडी बासिलाई अब आवतजावत गर्न सार्बजनिक बस संचालन भएको हुदा सुदुरपश्चिम यातायातका संचालकलाई धन्यवाद दिएका छ्न र भोलिदेखी निरन्तर बस संचालनमा आउँछ र सबै लालझाडी बासिहरुको सजिलो हुने छ भनेर लालझाडी गाउँपालिका वडा न. २ का वडा अध्यक्ष हेम राज रानाले बताएका छन ।
पहिलो पटक बस सञ्चालनमा आउँदा लालझाडी बासी खुशी भएका छ्न ।