५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

जनगणनाको इतिहासमै रानाथारुहरुको अलगै गणना हुने पहिलो जनगणना २०७८ सत्य तथ्य तथ्याङ्क बाहिर ल्याउन भलमन्सा सम्मेलन गरिदै

खबर सम्बाददाता ३१ आश्विन २०७८, आईतवार
जनगणनाको इतिहासमै रानाथारुहरुको अलगै गणना हुने पहिलो जनगणना २०७८  सत्य तथ्य तथ्याङ्क बाहिर ल्याउन भलमन्सा सम्मेलन गरिदै

नेपाल रानाथारु समाजले कर्तिक ५ गते भलमन्सा सम्मेलन गर्ने भएको छ । रानाथारुहरुको दोस्रो ठूलो पर्व दिपावलीको अवसरमा शुभ कामना आदन प्रदान कार्य गरी राष्ट्रिय जनगणना २०७८ लाई कसरी सफल गर्ने भनी जनचेतना फैलाउन कञ्चनपुरकाे लालझाडी गाउँ पालिकाकाे वडा नं. २ कञ्ज गाउँमा सम्मेलन कार्यक्रम गरिन लागेको हो ।

जनगणनाको इतिहासमै रानाथारुहरुको अलगै गणना हुने पहिलो राष्ट्रिय जनगणना २०७८ रानाथारुका लागि विशेष रहेकाले सत्य तथ्य तथ्याङ्क बाहिर ल्याउन भलमन्सा सम्मेलन गरिन लागेको प्रचार प्रसार समितिका संयोजक कमल सिं. रानाले बताए ।


हाल नेपालमा रानाथारुको जनसंख्या तीन लाख पचास हजार रहेको विभिन्न तथ्याङ्कले देखाए पनि नेपाल सरकार संग अधिकारिक पुष्टी भने छैन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin