६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

श्रीमानको हत्याको आरोपमा श्रीमती सहित दुई जनालाई पक्राउ

खबर सम्बाददाता ३१ आश्विन २०७८, आईतवार
श्रीमानको हत्याको आरोपमा श्रीमती सहित दुई जनालाई पक्राउ

धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उनको हत्याको आशंकामा प्रहरीले  श्रीमती अमृता चौधरी र  सोही ठाँउ बस्ने बर्ष २९ का बिष्णु चौधरीलाई पक्राउ गरेको जनाएको छ । आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

असोज २९ गते राती मृतक रमेश चौधरीले आफ्नै घर नजिक निज दुवै जनालाई परालको थुप्रोमा आपत्तीजनक अवस्थामा फेला पारेका समेत बुझिएको छ ।

बिष्णु चौधरी र अमृता चौधरी बिचको सम्बन्धको बारेमा मृतक रमेश चौधरीलाई पुर्व जानकारी समेत रहेको र उक्त राती समेत निजहरुलाई आपत्तीजनक अवस्थमा भेटे पश्चात मृतक रमेश चौधरी आवेशमा आई बिष्णु चौधरीलाई कुटपिट गर्दा बिष्णु चौधरीले प्रतिकार गरेको, सोही क्रममा मृतकको श्रीमती अमृता चौधरी र बिष्णु चौधरी मिली मृतक रमेश चौधरीलाई परालको थुप्रो नजिकै रहेको खेतमा घाटी थिची कर्तव्य गरी मारेको अनुशन्धानमा खुल्न आएको एसपी अधिकारीले बताए ।

बिष्णु चौधरी र अमृता चौधरीको नाममा मृतकका आफन्तले आइतबार नै प्रहर कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दिए पश्चात् सोही शिर्षकमा दुवै जना बिरुद्ध मुद्दा दर्ता गरि थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।

शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका रमेश बिहान मृत अवस्थामा फेला परेका थिए । अमृता चौधरी र बिष्णु चौधरी विगत केही बर्ष देखि प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको कैलाली प्रहरीले जनाएको छ ।    

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin