६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

पूर्व बन तथा वातावरण मन्त्री राना द्वारा बाढी-पहिरो पीडितको उद्दार तथा राहतमा जुटन सरकारसँग माग

खबर सम्बाददाता ३ कार्तिक २०७८, बुधबार
पूर्व बन तथा वातावरण मन्त्री राना द्वारा बाढी-पहिरो पीडितको उद्दार तथा राहतमा जुटन सरकारसँग माग

कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य तथा पूर्व बन तथा वातावरण मन्त्री नारद मुनी रानाले बाढी-पहिरो पीडितको उद्दार तथा राहतमा जुटन सरकारलाई आग्रह । शनिबार रातीदेखि भएको अविरल वर्षाका कारण कैलाली, कञ्चनपुरसहित देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटानले भएको भौतिक क्षति तथा कृषकहरूले लगाएका बालीहरु, तरकारी लगायतमा ठुलो क्षति भएको छ । रानाले मंगलबार विज्ञप्ती जारी गर्दै भनेका छनकी :

यही मिति २०७८ असोज ३१ गते आइतबार साँझदेखि अविरल रूपमा भइरहेको बेमौसमी वर्षाका कारण कैलाली सहित देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, कटानले भएको भौतिक क्षति तथा कृषकहरूले लगाएका बालीहरु, तरकारी लगायतमा ठुलो क्षति भएको छ ।

कृषि माथि आश्रित लाखौं किसान परिवारमाथि ठूलो बज्रपात भएको छ । यस विषम परिस्थितिमा आम जनसमुदायले व्यहोर्नु परेको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दछु। वर्षाका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारको क्षतिको बिबरण लगत तुरुन्त संकलन गरी उपयुक्त राहत प्याकेज को ब्यवस्था मिलाउन सरकारसँग माग गर्दछु ।

बेपत्ता परेका ब्यक्तिहरुको खोजी तथा उद्दार कार्यमा तिब्रता दिन ध्यानाकर्षण गराउँदछु। यस अवस्थामा प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनका कार्यमा खटेकासुरक्षाकर्मी, सामाजिक संघसंस्था, आम नागरिकहरूमा धन्यवाद दिदै थप उद्दार, ब्यवस्थापन, राहत कार्यमा लागिदिन समाजसेबी, युवा लगायत आम समुदायमा हार्दिक अनुरोध समेत गर्दछु। साथै आउने दिनहरुमा मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न समेत सरकारसँग माग गर्दछु !

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin