६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

विपत बाट पर्न गएको क्षतिको विवरण सङ्कलन गर्न वडा कार्यालयहरूलाई परिपत्र

खबर सम्बाददाता ४ कार्तिक २०७८, बिहीबार
विपत बाट पर्न गएको क्षतिको विवरण सङ्कलन गर्न वडा कार्यालयहरूलाई परिपत्र

 कञ्चनपुरको बेलौरीका बाढी पीडित नागरिकहरूलाई खाद्यान्न वितरण गरिएको छ । अविरल वर्षाका कारणले बेलौरी नगरपालिका भित्र अति प्रभावित वडा नम्बर २ को बैजुडाँडा, वडा नम्बर ६ का बैशाखा र भुराकाेट, वडा नम्बर ८ का कानपुर, खजुवा लगायतका बस्ती डुबानको नगर प्रमुख पाेतिलाल चौधरी, वडा अध्यक्ष सहित जनप्रतिनिधि र नगरपालिकाका कर्मचारी, पत्रकार, समाजसेवीहरू लगायतका व्यक्तिहरूद्वारा अवलोकन गरी तत्काल राहत तथा उद्धारकाे कार्य गरिएको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बेलौरी नगरपालिका क्षेत्र भित्र वडा नम्बर २ मा ५ घर, वडा नम्बर ६ मा ७७ घर र वडा नम्बर ८ मा ८० घरधुरी डुबानमा परेका छन् । त्यस क्षेत्रमा उद्धारको कार्य पश्चात् प्रारम्भिक रूपमा राहत स्वरूप खाद्यान्न वितरण गरिएको छ । त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० मा मंगलबार नै उद्धार टोली खटिएको थियो । वडा नम्बर १० मा १२५ घरधुरी डुबानमा परेका छन् । डुबानमा परेका नागरिकहरूलाई नजिकका विद्यालय र चर्चमा राखी खाद्यान्नको व्यवस्था गरिएको वडाध्यक्ष हरिलाल चौधरीलाई उद्धृत गर्दै नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिनु भएको छ । 

आइतबार साँझदेखि अविरल रूपमा परेको बेमौसमी वर्षाका कारण बेलौरीका विभिन्न स्थानमा समेत बाढी, डुबान, कटान तथा पटानले भौतिक क्षति तथा कृषकहरूले लगाएको धान बाली, तरकारी, दलहन, तेलहन र उखु बाली तथा पन्छीजन्य बस्तुहरू समेतको ठुलो क्षति भएको छ । बेलौरी नगरपालिकाले विपद्बाट पर्न गएको क्षतिको विवरण सङ्कलन गर्न वडा कार्यालयहरूलाई परिपत्र समेत गरिसकेको छ । क्षतिको यकिन विवरण सङ्कलन गरी राहत प्याकेज घोषणा गरिने बताइएको छ । विपद्को समयमा उद्धार कार्यमा लाग्नु हुने सबै पक्षलाई बेलौरी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin