धनगढी उप-महा नगरपालिका वडा न.७ देवरिया गाउँ स्थित जन्जागरण समाज नेपालको आम भेला २०७८/०७/०६ गतेका दिन सम्पन्न भएको छ ।कार्यक्रम जन्जागरण समाज नेपालका अध्यक्ष देव बहादुर सेठीको अध्यक्षतामा भएको छ । कार्यक्रममा प्रमुख अतिथि धनगढी उप-महा नगरपालिका वडा न.७ का वडा अध्यक्ष सिताराम राना , बिशिस्ट अतिथि धनगढी उप-महा नगरपालिका वडा न.७ कि वडा सदस्य यमुना जोशी भट्ट र अतिथि देवरिया सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष भजन राना, देवरिया सामुदायिक वन उपभोक्त समुहका उपाध्यक्ष जगत राम राना, देवरिया सामुदायिक वन उपभोक्त समुहका पुर्ब कार्यालय सचीव शारदा प्रासद राना ,जन्जागरण समाज नेपालका पुर्ब उपाध्यक्ष दामोदर साहु , नवज्योति कृषि सहाकारीका उपाध्यक्ष मेघनाथ राना र देवरिया गाउँका भलमन्सा जगन्नाथ राना र देवरिया गाउँका युवाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कुनै पनि ठाउँको चिनारी त्यहाँको सरसफाइले हुन्छ त्यसैले सुरुवात आफ्नो गाउँठाउँबाट गर्नुपर्छ । बाटोमा गाई गोरुलाई बाध्दा बाटो फोहोर हुन्छ । त्यसैले आजैदेखि सबै युवा भाईबाहिनीले आफ्नो गाउँमा घर घरमा गएर बाटोमा गाइगोरुलाई बध्न दिनुपर्दैन । एक जनाले भन्दा कोइ मान्दैनन तर सबै युवाले गएर सम्झाउदा पक्कै पनि तपाईको प्रयास सफल हुन्छ । तपाइँहरुको प्रयास सफाल होस भनेर सल्लाह दिएका छ्न र यस जन्जागरण समाज नेपाललाई कहाँ सहयोग गर्नुपर्छ हामी वडा बाट सहयोग दिन तयार छौ भनेर प्रमुख अतिथि धनगढी उप-महा नगरपालिका वडा न.७ का वडा अध्यक्ष सिताराम रानाले प्रतिबद्धता गरेका छन ।

देवरिया गाउँमा पहिले यस्तो युवाको भेला भएको थिएन तर आज तपाईंहरु केही गर्नको लागि उठ्नु भएको छ तपाईंहरुमा हाम्रो सहयोग सधै रहनेछ भनेर अतिथिहरुले युवालाई प्रतिबद्धता गरेका छन ।

आजसम्म हामिले जन्जागरण समाज नेपाललाई यहाँ सम्म चालएका छौ र आजदेखि तपाइँ युवाहरुको सहयोगमा जन्जागरण समाज नेपाल अगाडी बढ्नेछ भनेर आशा गर्दै आजदेखी जन्जागरण समाज नेपालको नयाँ कार्यसमिति नबनुन्जेलसम्म रेखदेखको जिम्मा देवरिया गाउँका युवाहरुको अगुवाइ गर्ने राम ध्यान रानालाई हस्तान्तरण गरेका छ्न र छिट्टै हामी जन्जागरण समाज नेपालको नयाँ कार्यसमिति सार्बजनिक गराउनेछौ भन्दै जन्जागरण समाज नेपालका अध्यक्ष देव बहादुर सेठीले कार्यक्रमलाई समापन गरेका छन ।
जन्जागरण समाज नेपालको आम भेलाको कार्यक्रम जन्जागरण समाज नेपालका सचिब पृथ्वीराम रानाले संचालन गरेका थिए ।