धनगढीमा (आइतबार) भोलीदेखि ८ दिनसम्मका लागि विद्युत सेवा अवरुद्ध हुने भएको छ । भोलिबाट उपमहानगरपालिकाका विभिन्न स्थानमा प्रशारण तथा वितरण लाइनको बुस कटिङ र एमसीसीबी जडान गरिने हुँदा विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले बताएको छ ।
७ गतेदेखि १४ गतेसम्म ८ दिन विद्युत अवरुद्ध हुने धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले बताए । उनका अनुसार बिहान १० देखि बेलुकी ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । प्राधिकरणले जारी गरेको सूचनामा स्थान भने खुलाइएको छैन ।
विद्युत प्राधिकरणले समयसमयमा फेडर डउन गरेर बुस कटिङ अर्थात प्रशारण लाइनमा रहेको झाडी हटाउदै आएको छ ।