कञ्चनपुर क्षेत्र नम्बर १ का बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्री बिना मगरले स्थलगत अनुगमन गरेकी छिन । क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य समेत रहेकी पुर्वमन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा भएको वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका हुन । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका लालझाडी गाउँपालिकाका नगर प्रमुख मदनसेन बडायकले पुर्वखानेपानी मन्त्री मगरले बाढिप्रभावित क्षेत्र र बाढि पीडितहरुसंग भेटघाट गरेका छन ।

पुर्वखानेपानी मन्त्री बिना मगर लगायत स्थानीय जनप्रतिनिधीले संयुक्त रुपमा दोदा नदिको बाढीले कहाँ कहाँ काटेको छ भनेर निरीक्षण गरेका छन र लालझाडी गाउँपालिका का वडा नम्बर १ मा ने.का.पा. माओवादी का कार्यकर्ता दिनेश रानाको नेतृत्वमा अनुगमन गरेका छन र यसैगरी वडा न. २,३र ४ सहित वाढि प्रभावित क्षेत्रको अनुगमन गरेका छन ।

मानवीय क्षति नभएपनि भौतिक र खेतबारीको क्षति भएकै छ । यसले गर्दा जनजीवन निकै प्रभावित भएको छ । ३/४ दिनको नियमित पानी पर्दा बाढीले बालीलाई पनि बगाएको छ । पानीले गर्दा धानबाली भिजाएको भए तपनि आफ्नो मिहिनेतले लगाएको धानलाई खाना नपाएपनि भित्र्याउन नपएपनि मुठा उठाउने काम चाहिँ गरिरहेका छ्न । हिजो आज भएको क्षतिले त्यसको परिणाम वर्षभरी नै प्रभाव पर्नेछ । अहिले निरीक्षण गर्न जादा मेरो थोरै जग्गा थियो त्यो पनि बाढिले बगाएको छ जनताहरु आफ्नो दु:ख अभिव्यक्त गर्दछन । यो अविरल वर्षाले गर्दा जनजीवन अति नै कष्टकर बनाएको छ ।
हामिले दोदा नदिको टट्बन्धन गर्नको लागि र बाढी न्यून गर्नको लागि ३ वटै सरकारलाई घचघाचाउने छौ भनेर कञ्चनपुर क्षेत्र नम्बर १ का बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्री बिना मगरले बताएकी छिन ।

बाढिले जनजीवन धेरै प्रभावित गरेको छ त्यसैले बरु अहिले बिकास नगरेर अहिलेको बाढी पिडितलाई केन्द्रित गर्नेछौ ।
लालझाडी गाउँपालिका वडा न. १ स्थित नौरङ्गाको खेत जाने बाटोको काठे पुललाई हटाएर अर्को पक्की पुल बनाउने भनेर प्रतिबद्धता गरेका छन । पहिले पानी पर्दा जुन घरमा पानी पसेको थियो उनलाई ११२५० रुपैयाँको प्याकेजको राहत बितरण गरेका थियौ ।अहिले आएको बढीले गरेको अन्नबालीको क्षतिको लागत उठाउने काम गरिरहेका छौ र हामीले गाउँपालिकाबाट राहतको प्याकेज बितरण गर्नेछौ । संघीय सरकार र प्रदेश सरकारबाट पनि राहतको लागि अनुरोध गरेका छौ भनेर लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताएका छन ।
