५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

बैदेशीक रोजगारमा गएका युवा द्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

खबर सम्बाददाता ११ कार्तिक २०७८, बिहीबार
बैदेशीक रोजगारमा गएका युवा द्वारा विपन्न परिवारलाई आर्थिक सहयोग


विदेशमा रहेका युवाहरुले नेपालमा रहेका विपन्न परिवारलाई सहयोग गरेका छन । समय समयमा आउने विपत्तिले दिने दुखलाई केही मात्रमा भए पनि कम गर्न युवा जुटेका छन। युएई मा कार्यरत भोजराज रानाको विशेष पहलमा युवाले सहयोग गरेका छन ।

अविरल वर्षाले आएको बाढीले खेतमा काटेका धान सबै बगाए पछि लालझाडी १ बस्ने बिटाना राना परिवार नै बिचल्लीमा परेको छ । घरमा दैनिय अवस्था रहेकाले यही कार्तिक १७ गते श्रीमान श्राद कसरी गर्ने समस्यामा परेका विटाना रानालाइ २५००० आर्थिक सहयोग गरेका छन ।
यस्तै कञ्चनपुरको कालागौडी बस्ने गंगा रानालाई स्वास्थ्य समस्या रहेका उनलाई १०००० सहयोग गरेका छन । कालागौडी बस्ने घुम्मा रानाको श्रीमान नभएका कारण परिवार चलाउन तथा बच्चा पढाउन समस्या रहेकाले उनलाई ५००० सहयोग गरेका भेजराज रानाले बताइका छन ।


बाढीले सताएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दिलकी अवाजको टिमले प्रतियोगिता आयोजना गरेको थियो । दुखमा परेका परिवारलाई दुबैमा बस्ने भोजराज राना, अस्ट्रेलिया बस्ने विनय राना र मलेसियामा रहेका मौसम राना मिलेर सहयोग गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin