८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

कैलाली जिल्लाका १२६ वडा मध्ये ११० वडामा सर्वसम्मत कमिटी गठन,बाकी आजसम्ममा टुङ्गिने एमालेको वडा अधिवेशन

खबर सम्बाददाता १३ कार्तिक २०७८, शनिबार
कैलाली जिल्लाका १२६ वडा मध्ये ११० वडामा सर्वसम्मत कमिटी गठन,बाकी आजसम्ममा टुङ्गिने एमालेको वडा अधिवेशन

नेकपा (एमाले) जिल्ला कैलाली मातहतमा आज जिल्लाका सबै १२६ वडाहरुमा वडा अधिवेशन सुरु भएका छन। १२६ वडाहरु मध्य अहिले साझसम्मको रिपोर्ट अनुसार ११० वडाहरुमा सर्वसम्मत नेतृत्व सहित वडा कमिटी निर्माण भैसकेको नेकपा(एमाले)कैलालीका जिल्ला अध्यक्ष रतन थापाले सभ्यखबरलाई बताउनुभयो।

हाम्रो जिल्लामा उत्साहका साथ वडा अधिवेशन सुरु भै १२६ वडाहरु मध्य ११० वडामा सर्वसम्मत कमिटी चयन भैसकेको छ र बाकी १६ वटा वडाहरुमा पनि भोलिसम्ममा सर्वसम्मत नै कमिटी गठन भैसक्ने अध्यक्ष थापाले बताउनुभयो।

बाढी पहिरोका कारण सुदुरपश्चिममा केही दिनलाई सरेको एमाले वडा र पालिका अधिवेशनहरु आजबाट सुरु भएको छ।आज सुरु भएको वडा अधिवेशनमा केन्द्रिय नेताहरु,प्रदेश कमिटिका नेताहरु,जिल्ला कमिटिका नेताहरुले आ-आफ्नो पालिकामा अवस्थित वडाहरुमा गएर अधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भुमिका खेल्नुभएको थियो।

पार्टिका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नारदमुनी राना,केन्द्रिय सदस्य एवं सह-इन्चार्ज लिला भण्डारी धनगढी उपमहानगरपालिका मातहतका वडाहरुमा प्रमुख अतिथिका साथ अधिवेशन सफल पार्न लाग्नु भएको थियो भने जिल्ला अध्यक्ष रतन थापा लम्की चुहा नगरपालिका अन्तरगतका वडाहरुमा रहनुभएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin